ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आरएमडिसीसहित तीन लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन

२०७९ चैत, १  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार तीन लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

आरएमडीसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य समायोजन गरिएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी लघुवित्तहरूले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरिदिएको हो । 

नेप्सेले आरएमडीसीको २६ प्रतिशत, समता घरेलुको १५ प्रतिशत र मनकामना स्मार्टको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

समायोजनपश्चात् आरएमडीसी लघुवित्तको शेयर मूल्य रू. ७३८ दशमलव २५, समता घरेलु लघुवित्तको रू. ६३९ दशमलव ५७ र मनकामना स्मार्ट लघुवित्तको रू. ७२५ दशमलव ५४ कायम भएको छ ।

नेप्सेले मंगलवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी लघुवित्तहरूको शेयर मूल्य समायोजन गरेको हो । मंगलबार दोस्रो बजारमा आरएमडीसी लघुवित्तको शेयर प्रतिकित्ता रू. ९३० दशमलव २०, समता घरेलुको रू. ७३५ दशमलव  ५० र मनकामना स्मार्टको रू. ७६० मा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर बुधवार अर्थात् आज दोस्रो बजारमा यी लघुवित्तहरूको शेयर कारोबार खुल्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)