काठमाडौं । गत मंगलवार तोलामा १ हजार ६०० रुपैयाँले बढेको सुन बुधवार (आज) भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान १०:५० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९०१ दशमलव ८५ डलर पुगेको छ । गत मंगलवार स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९०३ दशमलव ५८ डलरमा बन्द भएको थियो ।
त्यसैगरी आज डलरको मूल्य भने बढेको छ । आज १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ २९ पैसा कायम भएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको विक्री दर १३१ रुपैयाँ ७० पैसा थियो ।