ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पयर्टनबाटै यो वर्ष ४ अर्ब डलर कमाउने दाउमा श्रीलंका

२०७९ चैत, १  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । श्रीलंकाले डलरमा आम्दानी बढाउन खोजिरहेको छ । यस वर्ष श्रीलंकाले पयर्टन उद्योगबाटै मात्रै ४ अर्ब डलर राजस्व उठाउने लक्ष्य लिएको त्यहाँका भू तथा पर्यटन मन्त्री हारिन फर्नान्डोले बताएका छन् ।

यो वर्षको पहिलो दुई महीनामै पयर्टकहरूबाट रिसिटको रूपमा ३३ करोड डलरभन्दा धेरै कमाइ भइसकेको उनले बताएका छन् । जनवरी र फेब्रुअरीमा त्यहाँ २ लाखभन्दा धेरै विदेशी पयर्टक भित्रिएका छन् ।

यो सकारात्मक प्रवृत्ति जारी रहने र यो क्रम जारी रहेमा पर्यटकहरूले मात्रै सरकारी राजस्वमा ४ अर्ब डलरको योगदान दिने उनको भनाइ छ । अब श्रीलंकामा विदेशी पयर्टकहरू त्यति धेरै नआउने सिजन शुरु हुँदैछ । यूरोपेली पयर्टकहरू नआउने यो सिजनमा सरकार भारत र चिनियाँ पयर्टकहरूलाई आकर्षित गर्न  लागेको छ । श्रीलंकाका लागि भारत तीन ठूलो पर्यटकका स्रोतमध्ये एक हो । 

अहिले चीनले पनि कोभिडका कारण लगाएको सबै प्रतिबन्धहरू हटाएर सीमा खुला गरिसकेको छ । चीनले पनि श्रीलंकातर्फ हवाई उडान बढाएको छ । पर्यटन गन्तव्यका रुपमा आ-आफ्नो देशको प्रवर्द्धन गर्न श्रीलंका र माल्दिभ्सले मिलेर गन्तव्य प्रवर्द्धन गर्नेतर्फ काम गर्ने आशा पनि मन्त्री फर्नान्डोले व्यक्त गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)