ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

स्वाभिमान लघुवित्त सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

२०७९ चैत, १  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । तीन ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि बिहीवारसम्म रहेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने दिन बिहीवार हो ।

यी तीन ओटै कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ३ गते बुक क्लोज गरेसँगै भोलि अर्थात् चैत २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । 

स्वाभिमान लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत ११ गते साधारण सभा बोलाएको छ । सभा डार्सिज इन्टरनेशनल होटल बुटवल, रुपन्देहीमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिइएको छ । 

त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले शेयरधनीलाई गत आवको मुनाफाबाट २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले यो प्रस्ताव चैत २९ गते हुने साधारण सभामा पेश गर्नेछ । सभा बानेश्वर ब्यांक्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ । 

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ३२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले चैत १६ गतेको साधारण सभामा यो प्रस्ताव प्रस्तुत गर्नेछ । सभा दियालो लर्डस प्लाजा वीरगञ्ज पर्सा नेपालमा दिनको १२ः३० बजे शुरू हुने कम्पनीले जानकारी दिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)