ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विश्वभर मकै, गहुँ र चामलको भाउ घट्यो 

२०७९ चैत, १  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । विश्वभर मकै, गहुँ र चामल सस्तो भएको छ । मार्च ९ सम्मको दुई हप्तामा यी अन्नको भाउ घटेको बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले जानकारी दिएको छ । आफ्नो खाद्य सुरक्षा अपडेटमा बैंकले बताएअनुसार दुई हप्ताअघिको तुलनामा समीक्षा अवधिमा मकै ६ प्रतिशतले सस्तो बनेको छ ।

गहुँको भाउ ७ प्रतिशतले घट्दा चामल २ प्रतिशत सस्तो भएको छ । गत वर्षको सोही अवधिको तुलनामा भने गहुँको भाउ १५ प्रतिशत सस्तो थियो । चामलको भाउ भने धेरै हो । सन् २०२१ जनवरीको तुलनामा मकै र गहुँको भाउ क्रमश: २४ प्रतिशत र ७ प्रतिशत महँगो भएको बैंकले जानकारी दिएकाे छ । चामल भने ३ प्रतिशत सस्तो छ ।

दुई हप्ताअघिको तुलनामा कृषि र अनाजको मूल्य सूचक क्रमशः २ प्रतिशत र ५ प्रतिशत घटेको छ । निर्यात मूल्य सूचकांक भने उही स्तरमा रहेको बैंकले जानकारी दिएको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)