ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

घटेको बजारमा दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट, १ अर्ब २० करोडको शेयर किनबेच

२०७९ चैत, १  
लगानी नेप्से विश्लेषण
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक १४ दशमलव ४४ अंक घटेको छ ।

नेप्से परिसूचक १ हजार ९३८ दशमलव ६२ विन्दुमा झरेको हो । बुधवार कारोबारमा आएका २५३ धितोपत्रको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर २५ हजार ४९१ पटकमा रू. १ अर्ब २० करोड बरारबरको शेयर खरीदविक्री भएको छ ।

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने निर्णय गरे पनि शेयर बजारमा सकारात्मक प्रवाभ पर्न सकेन । घटेको बजारमा कारोबार रकम समेत घटेको छ । विक्रेताले सस्तो मूल्यमा बेच्न नचाहेको र खरीदकर्ताले पनि खरीद गर्न नचाहेको देखिन्छ ।  यद्यपि बजार धेरै नै घटेकाले बिस्तारै लयमा फर्कने बजार विश्लेषकहरू बताउँछन् । यस्तो अवस्थामा ट्रेड गर्नभन्दा पनि दीर्घकालीन लगानीको लागि उचित समय भएको बजार विश्लेषकहरूको भनाइ छ । 

कारोबारमा आएका धितोपत्रमध्ये दूई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । युनिक नेपाल लघुवित्तको शेयर मूल्य रू. १ हजार ४५३ दशमलव ४० र शुभम पावरको शेयर मूल्य रू. ४६९ दशमलव १० पुगेको छ । 

बुधवार सबैभन्दा बढी किसान लघुवित्तका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य  ५ दशमलव ९० प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । शेयर मूल्य प्रतिकित्ता रू. ६५७ दशमलव ६० कायम भएको छ । त्यस्तै दोस्रोमा बाराही हाइड्रोपावर पब्लिकको शेयर मूल्य ५ दशमलव २२ प्रतिशत घटेर रू. ५२५ दशमलव १० मा झरेको छ । 

सर्वाधिक शेयर खरीदविक्री हुनेमा एनआईसी एशिया बैंकको रू. १० करोड ३५ लाख बराबरको भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७४८ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सानिमा माई हाइड्रोपावरको रू. ७ करोड १६ लाख बराबरको भएको छ । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव  ५१ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो छ ।सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक १ दशमलव ८६ प्रतिशत घटेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)