चितवन । भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा पाएर समयमा काम नसक्ने १४ ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयारी गरिएको छ । पालिकाभित्रका विभिन्न निर्माणको जिम्मा लिएर काम शुरू नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही शुरू गरिएको महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए । उनका अनुसार महानगरले यस वर्ष दुई निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गर्नुका साथै थप १४ कम्पनीलाई कारबाहीका लागि कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । रासस