ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मलमा अनुदान कटौतीको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

२०७९ चैत, २  
समाचार
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

काठमाडौं । रासायनिक मलमा दिइने अनुदान कटौतीको निर्णय सरकारले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी किसान संघसंगठनहरूले दिएका छन् । अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ र नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले बुधवार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सरकारले मलमा दिँदै आएको अनुदान कटौतीको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

सरकाले उक्त निर्णय फिर्ता नलिए चैत ३ गतेदेखि आन्दोलन गर्ने किसान संघसंगठनले बताएका छन् । ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउने र त्यसपछि स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी आवश्यकताका आधारमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । सरकारले गत फागुन २६ मा मन्त्रीस्तरीय निर्णय गर्दै रासायनिक मल खरीदमा किसानलाई दिँदै आएको ७० दशमलव ८२ प्रतिशत अनुदान कटौती गर्दै ५९ दशमलव ४ प्रतिशतमा झारेको थियो ।

तीनओटै संगठनले संयुक्त रूपमा निकालेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो निर्णयप्रति संयुक्त किसान संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । मलमा भएको यस प्रकारको अनुदान कटौतीको निर्णयले कृषि उत्पादनको लागत बढेर कृषि उपजको मूल्यमा उच्च वृद्धि हुनेछ ।’

पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले खेतीको समयमा सधैंजसो मलको अभाव खेपिरहेका किसानलाई थप समस्यामा धकेल्नेगरी आएको अनुदान कटौतीको निर्णयले किसानलाई निरुत्साहित गरेको बताए । नेपाल किसान महासंघका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारले किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुको सट्टा उनीहरूलाई थप मार पर्नेगरी अनुदान कटौतीको निर्णय गरेको टिप्पणी गरे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)