ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आइएमई र युनिमनीको ‘वीन बिग’ अभियान शुरू

२०७९ चैत, २  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । आइएमई पे र मनी ट्रान्सफर सेवा प्रदायक युनिमनी एक्सचेन्ज कतारबीच ‘सेन्ड मनी अन्लाइन एन्ड विन बिग’ अभियानमा साझेदारीका लागि सम्झौता भएको छ ।

अभियानअन्तर्गत युनिमनीको एप अथवा पोर्टलमार्फत आइएमईमा पैसा पठाउँदा १० जना विजेताले आइफोन १४ प्रो, ५ जना विजेताले सामसङ ग्यालेक्सी एस२२ अल्ट्राका साथै ३० जना सेवाग्राहीले २ ग्राम, ४ ग्राम र ८ ग्राम सुन जित्ने आइएमईले जानकारी दिएको छ । बुधवार (चैत १ गते)देखि लागू भएको यो अभियान २०८० जेठ १ गतेसम्म सञ्चालन हुनेछ । युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा रू. ५० सम्मको बोनस सुविधा यथावत् रहेको कम्पनीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)