काठमाडौं । विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेलमा आज नेपाल र यूएई भिड्दै छन् । कीर्तिपुुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ९:३० बजे खेल शुरू हुँँदैछ । आजको खेल जिते नेपाल अंकतालिकाको शीर्ष ३ मा उक्लिएर विश्वकप क्रिकेट छनोटमा पुग्नेछ ।
अंक तालिकामा नेपालको ३५ खेलबाट ३८ अंकसहित चोथौं स्थानमा छ । नेपालभन्दा अघि नामिबिया छ । उसको नेपालभन्दा १ अंक मात्रै बढी अर्थात् ३९ अंक छ । आजको खेल जिते नेपालको ४० अंक हुुनेछ । र, शीर्ष ३ मा पुगेेर विश्वकप छनोटमा पुग्नेछ । आजको खेलमा नेपाल पराजित भए नामिबिया अंकतालिकाको तेस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुनेछ ।
७ टोली सहभागी प्रतियोगिताका शीर्ष ३ टोली विश्वकपमा छनोट हुने व्यवस्था छ । अंक तालिकामा शीर्ष २ मा रहेका स्कटल्याण्ड र ओमान यसअघि नै विश्वकप छनोटमा पुगिसकेका छन् । स्कटल्याण्ड अंक तालिकामा पहिलो स्थानमा रहँदा ओमान दोस्रो स्थानमा छ ।