ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मौसमको साथ पाए नेपाल पुग्न सक्छ विश्वकप छनोटमा ! यस्तो छ दिनभरको मौसम पूर्वानुमान

२०७९ चैत, २  
विविध
Tvs Raider Image Not Found
तस्वीर : क्रिकेट एशोसियशन अफ नेपाल ।
author avatar अभियान संवाददाता

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेलमा आज नेपाल र यूएई भिड्दै छन् । कीर्तिपुुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान ९ बजे खेल शुरू हुने खेल नेपालका लागि महत्त्वपूर्ण मानिएको छ । नेपाल विश्वकप छनोटमा पुग्ने/नपुग्ने टुंगो यही खेलबाटै लाग्ने भएकाले यो खेल नेपालको लागि महत्त्वपूर्ण मानिएको हो ।

नेपाल विश्वकप छनोटमा पुग्न आजको खेल जित्नुपर्नेछ । यो अवस्थामा नेपालको अंकतालिकामा ४० अंक हुनेछ । र, अंकतालिकामा शीर्ष ३ मा रहेर विश्वकप छनोटमा पुग्नेछ । यसका लागि मौसमले साथ भने दिनुपर्नेछ ।

वर्षा भएमा वा मौसमको अन्य कारणले खेल रद्द भएमा नेपालले अंक बाँड्नुपर्नेछ । र, लिगबाट शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा पुग्नबाट वञ्चित हुनेछ । यो अवस्थामा नेपालको ३९ अंक हुनेछ । र, नेटरनरेटमा अंकतालिकाको तेस्रो स्थानको नामिबियासँग पछि पर्नेछ।

अंकतालिकामा नेपालको ३५ खेलबाट ३८ अंकसहित चोथौं स्थानमा छ । नामिबिया ३९ अंकसहित तेस्रो स्थानमा छ ।

आजको खेलबाट नेपाल विश्वकप छनोटमा पुग्ने/नपुग्ने टुंगो लाग्ने भएकाले मौसम कस्तो रहला भन्ने चासो नेपाली क्रिकेटप्रेमीमाझ देखिएको छ ।

यस्तो छ दिनभरको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकाको मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका अनुसार देशका अन्य स्थानको मौसम पूर्वानुमान यस्तो छ । 

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशकाे पहाडी भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा अपराह्नतिर मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति : देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरू मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)