ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कान्तिपुर टेलिभिजन नेटवर्कले बोलायो विशेष साधारण सभा, प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव

२०७९ चैत, २  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्कले यही चैत १७ गते विशेष साधारण सभा बोलाएको छ ।

गत चैत १ गते बसेको सञ्चालक समिति बैठकले काठमाडौं, तीनकुनेस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा उक्त दिन अपराह्न १ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई बोनस शेयर जारी गर्न स्वीकृति प्रदान गर्ने र सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेस हुनेछ । 

कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ । धितोपत्र बजारमा टेलिभिजन क्षेत्रकै पहिलो कम्पनीको रुपमा कान्तिपुर टेलिभिजन नेटवर्कले आईपीओ जारी गर्न लागेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)