ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्रभु बैंकको ५ लाखभन्दा बढी संस्थापक शेयर विक्रीमा, क - कसले विक्री गर्दै छन् शेयर ? 

२०७९ चैत, २  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु बैंक लिमिटेडले ५ लाख ७ हजार ९३७ कित्ता संस्थापक शेयर चैत २ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न सात सदस्यको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

कम्पनीले सञ्जय कुमार मोरको नाममा रहेको ३८ हजार २८३ कित्ता शेयर प्रतिकित्ता रू. १५० मा, श्रवण कुमार अग्रवालको नाममा रहेको ५९ हजार ७५९ कित्ता शेयर प्रतिकित्ता रू. १२५ मा, राजेश कुमार अग्रवालको नाममा रहेको ५९ हजार ७५९ कित्ता शेयर प्रतिकित्ता रू. १२५ मा, भोज कुमार सिटौलाको नाममा रहेको ३३ हजार १८ कित्ता शेयर प्रतिकित्ता रू. १५० मा विक्री खुला गरेको हो । 

यसैगरी कम्पनीले सुचित्र मान शाक्यको नाममा रहेको ३० हजार ६५० कित्ता शेयर प्रतिकित्ता रू. १५० मा, कृष्ण प्रसाद आचार्यको नाममा रहेको ८६ हजार ४६८ कित्ता शेयर प्रतिकित्ता रू. १५० मा र बिनिता अधिकारीको नाममा रहेको २ लाख कित्ता शेयर प्रतिकित्ता रू. १२५ मा विक्री खुला गरेको हो ।

उल्लिखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)