ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

प्राइम लाइफको शेयर संरचना परिवर्तन गर्ने योजना, ९ % शेयर सर्वसाधारणमा परिणत हुँदै

२०७९ चैत, २  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम रहेको शेयर पूँजी संरचना परिवर्तन गर्ने भएको छ ।

कम्पनीले  हाल कायम रहेको संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व ५१ प्रतिशतमा झार्ने र सर्वसाधारण तर्फको ४० प्रतिशत शेयर स्वामित्व ४९ प्रतिशत पुर्‍याउने भएको हो । शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव कम्पनीको १५ औं वार्षिक साधारण सभाबाट पारित भइसकेको जानकारी समेत कम्पनीले दिएको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट पनि स्वीकृति प्राप्त गरी संस्थापकतर्फको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गराउने लागेको जानकारी कम्पनीले दिएको छ । यसर्थ आफ्नो स्वामित्वको शेयर परिवर्तन गर्न नचाहने सदस्यहरूलाई लिखित जानकारीका लागि कम्पनीले अनुरोध गरेको छ ।

चैत २ गते सूचना जारी गर्दै कम्पनीले आगामी ७ दिनभित्र कम्पनीको प्रधान कार्यालय हात्तिसार, काठमाडौंमा पुग्नेगरी लिखित जानकारी गराउन भनेको हो । तोकिएको अवधिभित्र शेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धित लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम संस्थापक तर्फको ९ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गरिने जानकारी समेत कम्पनीले दिएको छ । हाल यस कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब १४ करोड ९ लाख ६६ हजार रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)