ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

स्वीस बैंक पनि धराशायी हुन लागेको हो ? 'क्रेडिट स्वीस'ले माग्यो एकैपटक ४५ अर्ब यूरो कर्जा

२०७९ चैत, २  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अमेरिकामा एकपछि अर्को गर्दै बैंकहरू धराशायी बन्दै गएका छन् । यसको असर अमेरिकाको बैंकिङ क्षेत्रमा त परेको छ नै यूरोपका अन्य प्रमुख कर्जादाताहरूसम्म पनि देखिएको छ । एकातिर बैंकिङ क्षेत्रप्रति लगानीकर्ता र निक्षेपकर्ता दुवैको विश्वास डगमगाएको छ भने शेयर बजारमा पहिरो जाँदा बैंकहरूलाई आफ्नो तरलता बढाउन अनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न बासलात बढाउनुपर्ने बाध्यता छ ।

यस्तोमा स्वीस बहुराष्ट्रिय बैंक क्रेडिट स्वीसले पनि केन्द्रीय बैंकसँग ४५ अर्ब यूरो कर्जा मागेको छ । बैंकको शेयर मूल्य एकै दिन ३० प्रतिशतले घटेपछि बैंकले केन्द्रीय बैंकको सहारा मागेको हो ।

सो बैंकको सबैभन्दा ठूलो शेयरधनी साउदी नेशनल बैंकले क्रेडिट स्वीसमा थप लगानी नगर्ने बताएपछि बैंक चपेटामा आएको हो । अहिले डिफल्टको अवस्थामा बैंकहरूको ऋणपत्र बीमाको लागत बढेर सन् २००८ को विश्वव्यापी वित्तीय संकटयताकै उच्च स्तरमा उक्लिएको छ । सिलिकन भ्याली बैंकको अवसानयता बैंकको समस्या बढेको थियो । यसमा साउदी नेशनल बैंकको अभिव्यक्तिले आगोमा घ्यूको काम गरिदिएको छ ।

यसले क्रेडिट स्वीसको वित्तीय स्वास्थ्यबारे नयाँ भय बढाएको विश्लेषण गर्न थालिएको छ । सिक्स स्टक एक्सचेञ्जमा कारोबार बन्द हुँदा बुधवार क्रेडिट स्वीसको शेयर मूल्य अघिल्लो दिनको भन्दा २४ प्रतिशत तल आएर बन्द भएको थियो । सन् २०२१ को फेब्रुअरीको तुलनामा शेयरको मूल्य ८५ प्रतिशतभन्दा धेरैले गुमिसकेको छ ।

बिहीवार बिहान बैंकले आफ्नो तरलता बढाउने उपायहरूको घोषणा गरेको छ । बैंकले सहायता नगद वा कर्जाको स्वरूपमा आउँछ कि अन्य स्वरुपमा भनेर खुलाएको छैन । अहिलेको लागि आफ्नो दायित्व पूरा गर्न बैंकसँग पर्याप्त रकम भएको नियामकहरूले बताएका छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)