ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेप्सेले सञ्चालनमा ल्यायो सिमुलेटर प्रणाली

२०७९ चैत, २  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) सार्वजनिक गरेको छ ।

नेप्सेले धितोपत्रको दोस्रो बजारका सम्भावित लगानीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन सिमुलेटर परीक्षणको रूपमा सञ्चालनमा ल्याएको हो । नेप्सेको अनलाइन प्रणालीमा कसरी कारोबार हुन्छ भन्ने व्यावहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनका लागि यो प्रणाली सञ्चालनमा ल्याइएको नेप्सेले जनाएको छ ।

नेप्सेको अनुसार प्रयोगकर्ताले demotrading.nepalstock.com मा गएर यो प्रणाली प्रयोगमा ल्याउन सक्नेछन् । प्रयोगकर्ताले सिमुलेटरमा प्रवेश गरी खरीद वा विक्री आदेश राखेपछि प्रणालीले नै प्रतिआदेश राखेर कारोबार सम्पन्न गराउनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)