ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेशनल हाइड्रोपावरको २६औं वार्षिक साधारण सभा शुक्रवार, यस वर्ष शेयरधनीको हात खाली

२०७९ चैत, २  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा भोलि शुक्रवार अर्थात् चैत ३ गते आयोजना गरेको छ ।

सभा डेलिस ओपेरा रेष्ट्रो एण्ड ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे शुरू  गर्ने जानकारी गराइएको छ । सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुंग्याउनेछ ।

यस वर्ष कम्पनीले लाभांश वितरणको प्रस्ताव भने गरेको छैन । गत वर्ष १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाएको हो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन १९ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन योग्य छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)