ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बिपिडब्लु लघुवित्तको आईपीओ शुक्रवार बाँडफाँट हुँदै 

८ हजार ९५ जनाले मात्र शेयर पाउने

२०७९ चैत, २  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ चैत ३ गते शुक्रवार बाँडफाँट हुँदै छ । आईपीओ बाँडफाँट विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा ११ बजे गरिँदै छ ।

कम्पनीले सर्वसाधारणका लागि फागुन १८ गतेदेखि २३ गतेसम्म ८० हजार ९५० कित्ता आईपीओ विक्री खुला गरेको थियो । यसमा ८ हजार ९५ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् ।सर्वसाधारणमा आईपीओ विक्री गर्नुअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको मध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आईपीआ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिएका आवेदकलाई फागुन १७ गते आईपीओ बाँडफाँट गरिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)