ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाल इन्स्योरेन्सको सञ्चालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त

२०७९ चैत, २  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल इन्स्योरेन्स  लिमिटेडको सञ्चालकमा निशान्त जोगाई र दिवाकर पौडेल नियुक्त भएका छन् । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले जोगाई र पौडेललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

यसअघि संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने अग्रिम इन्टरनेशनल प्रा.लि.का प्रतिनिधि विष्णु खेतान अग्रवाल र सर्वसाधारण शेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने अर्जुन पौडेलले सञ्चालक पदबाट राजिनामा दिएकोमा रिक्त रहेको सो पदमा संस्थापकतर्फबाट अग्रिम इन्टरनेशनलकै तर्फबाट जोगाई र सर्वसाधारण शेयरधनीको तर्फबाट पौडेल नियुक्त भएका हुन् ।

दुवै सञ्चालकलाई बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालको लागि रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले नेप्से मार्फत जानकारी दिएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)