काठमाडौं । बुधवार स्थिर रहेको सुनको भाउ बिहीवार (आज) तोलामा हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ लाख ६ हजार ७०० रुपैयाँ तोकिएको छ । हिजो यसको भाउ तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ थियो ।
यसैगरी चाँदीको भाउ पनि आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार ३०५ रुपैयाँ पुगेको छ ।
अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घटबढ भइरहे पनि समग्रमा घटेको छ । आज (नेपाली समय अनुसार बिहान १२:२२ बजे) बजे न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य घटेर प्रतिऔंस १ हजार ९१५ दशमलव ९९ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (सोमवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९२१ दशमलव ६८ डलरमा बन्द भएको थियो ।
त्यसैगरी आज डलरको मूल्य भने बढेको छ । आज १ अमेरिकी डलरको विक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम भएको छ । अघिल्लो दिन १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ २९ पैसा थियो ।