ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

यस वर्ष सूर्यज्योति लाइफले लाभांश वितरण नगर्ने 

२०७९ चैत, २  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साविकको सूर्या लाइफ इन्स्योरेन्स र साविक ज्योति लाइफ इन्स्योरेन्सको शेयरधनीहरूले यस वर्ष लाभांश नपाउने भएका छन् ।

साविकका यी दुई कम्पनी मर्ज भई गत पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भइसकेको छ । मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार कायम भएको छ । 

यी दुई कम्पनी नेपाल बीमा प्राधिकरणले तोकेको पूँजी रू. ५ अर्ब कायम गर्न मर्जरमा गएका हुन् । मर्जरपछि पनि कम्पनीले कायम गर्नुपर्ने पूँजी अपुग देखिन्छ । चैत मसान्तभित्र रू. ५ अर्ब पूँजी कायम गर्नुपर्ने अवस्थामा सूर्यज्योति लाइफले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्ष दुवै कम्पनीको वितरणयोग्य मुनाफा रहे पनि कम्पनीले लाभांश वितरण नगरी जगेडा कोषमा राख्ने निर्णय गरेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)