ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पाकिस्तानले बढायो इन्धनको भाउ, प्रतिलिटर डिजलको मूल्य झन्डै ३०० रुपया पुग्यो

२०७९ चैत, २  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

कराँची । पाकिस्तान सरकारले इन्धनको भाउ बढाएको छ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपयाको भाउ घटेको तर्फ औंल्याउँदै बुधवार पेट्रोल, मट्टीतेल र डिजेलको भाउ बढाइएको हो । 

पेट्रोलको भाउ प्रति लिटर ५ रुपया बढाएर २७२ रुपयामा पुर्याइएको छ । यो भनेको नेपाली १२८ रुपैयाँ मात्रै हो । जबकी नेपालमा अहिले पेट्रोलको भाउ १७८ रुपैयाँ प्रतिलिटर रहेको छ ।

हाई-स्पीड डिजेल (एचएसडी)को भाउ पनि लिटरमा १३ रुपयाले बढाइएको छ । यो वृद्धिसँगै एचएसडीको भाउ प्रतिलिटर २९३ रुपयाको कीर्तिमानी उचाईमा उक्लिएको छ । यो भनेको नेपाली १३७ रुपैयाँ मात्रै हो । जवकी नेपालमा डिजेल प्रतिलिटर १७५ रुपैयाँ कायम गरिएको छ ।

एसचसीडीको मूल्यमा हुने हेरफेरका कारण परिवहनको लागत बढ्ने भएकोले यसले सिधैं उपभोक्ता मूल्य प्रभावित बनाउँछ ।

त्यस्तैगरी, मट्टीतेलमा पनि प्रतिलिटर २ रुपया ५६ पैसा मूल्य वृद्धि गरिएको छ । हलुका खालको डिजेल (एलडीओ)को मूल्य भने प्रतिलिटर १८४ रुपया ८४ पैसामा यथावत् राखिएको अर्थमन्त्रालयले बताएको छ ।

नयाँ मूल्य सूची बिहीवारदेखि लागू भइसकेको छ । यो मूल्य मार्च ३१ सम्म लागू हुने बताइएको छ । पाकिस्तानमा अहिले नै महँगी ५० वर्षकै उच्चस्तरमा उक्लिएको छ । सर्वसाधारणहरुलाई हातमुख जोर्न नै सकसको अवस्था छ । इन्धनको भाउमा गरिएको पछिल्लो वृद्धिले अवस्था झनै खराब बनाउनेछ । पाकिस्तानमा पेट्रोलको भाउ सरकारले तय गर्छ । यो अन्तरराष्ट्रिय बजारमा तेलको भाउ अनि डलर-रुपयाबीचको विनिमय दरका आधारमा महीना महीना दिनमा तय गरिन्छ । 

विश्व बजारमा कच्चा तेलको भाउमा भएको वृद्धि अनि डलरको तुलनामा रुपया कमजोर बन्दा हालैका वर्षमा पाकिस्तानमा पेट्रोलको भाउमा निकै उतारचढाव आएको छ । जनवरीयता पाकिस्तान सरकारले एचएसडी र पेट्रोलको भाउ क्रमशः ६५ रुपया र ६२ रुपयाले बढाइसकेको छ । पाकिस्तनमा सामान्य जीएसटी दर १७ प्रतिशत छ ।

अहिलेसम्म सरकारले पेट्रोल, एचएसडी, मट्टीतेल र एलडीओमा कर लगाएको छैन । तर हरेक लिटर इन्धनहरुमामा पेट्रोलियम विकास शुल्क भने उठाइरेको छ । पेट्रोल र एचएसडीमा भन्सार शुल्क पनि लगाइएको छ । यी दुईमा लगाइएको शुल्कबाट मात्रै सरकारी राजस्वमा ठूलो रकम जाने गरेको छ । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)