ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा, नेपाललाई मौसमको साथ !

२०७९ चैत, २  
विविध
Tvs Raider Image Not Found
फाइल तस्वीर : क्रिकेट एशोसियशन अफ नेपाल ।
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा पुगेको छ । विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार सम्पन्न खेलमा यूएईलाई डकवर्थ लुईस नियमका आधारमा ९ पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको छनोटमा पुगेको हो । 

खराब प्रकाशका कारण खेलको नतिजा डकवर्थ लुइस नियमका आधारमा गरिएको थियो । यस आधारमा नेपाललाई मौसमले पनि साथ दिएको देखिन्छ । 

३११ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहँदा खेलको ४४ ओभरमा खराब प्रकाशका कारण खेल रोकिएको थियो । उक्त समयमा नेपालले ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । यो अवस्थामा उक्त नियमबाट खेल जित्न नेपाललाई ६ विकेटको क्षतिमा २६० रन मात्रै आवश्यक थियो । 

जितसँगै नेपाल विश्वकप लिग–२ को अंकतालिकामा शीर्ष ३ मा उक्लिँदै विश्वकप छनोटमा पुगेको हो । लिग–२ मा शीर्ष २ मा रहेका स्कटल्याण्ड र ओमान यसअघि नै विश्वकप छनोटमा पुगेका थिए । लिग–२ का शीर्ष ३ टोलीले विश्वकप छनोट खेल्ने प्रावधान छ । यी तीन टोलीसम्मिलित टोलीले जिम्बाबेमा विश्वकप छनोट खेल्नेछन् । 

पछिल्ला १२ खेलमा अविश्वसनीय प्रदर्शन

पछिल्ला १२ खेलमा अविश्वसनीय प्रदर्शन गरेपछि नेपाल विश्वकपको छनोटमा पुगेको हो । नेपालले पछिल्ला १२ खेलमध्ये ११ खेलमा जित हासिल गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)