ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

जोगियो स्वीस बैंक 'क्रेडिट स्वीस' : केन्द्र बैंकले कर्जा दिने भएपछि शेयर मूल्यमा उल्लेख्य वृद्धि

२०७९ चैत, २  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । स्वीस बहुराष्ट्रिय बैंक 'क्रेडिट स्वीस'ले त्यहाँको केन्द्रीय बैंकबाट ४५ अर्ब यूरो कर्जा पाउने खबर आएसँगै बैंकको शेयर मूल्यमा उच्च सुधार आएको छ । बिहीवारको कारोबारमा शेयर मूल्य ३० प्रतिशतले बढेको छ ।

 केन्द्रीय बैंकबाट कर्जा पाउने भएपछि बैंकप्रति लगानीकर्ताको मनोबल बढ्दा शेयरमा उछाल आएको छ । अघिल्लो दिनको कारोबारमा भने बैंकको सबैभन्दा ठूलो शेयर धनी साउदी नेशनल बैंकले क्रेडिट स्वीसमा थप पैसा नहाल्ने बताएपछि सिक्स स्टक एक्सचेञ्जमा बैंकको शेयर मूल्य ३० प्रतिशतले घटेको थियो ।

यसको असर अन्यत्र पोखिँदा यूरोपेली बैंकहरुको शेयर पनि दबाबमा आएका थिए । अघिल्लो दिनको कारोबारमा ओरालो लागेका फ्रान्सको सोसाइट जनरल र बीएनपी परिबास, जर्मनीको दोयचे बैंक र बेलायतको बार्कलेज बैंक सबै हरियोमा आएका थिए ।

बैंकिङ क्षेत्रमा छाएको अस्थीरताले बिहीवारको यूरोपेली केन्द्रीय बैंकको बैठक छाँयामा पारेको छ । बुधवार यूरोपेली बैंकहरुको शेयर मूल्य घटेपछि ईसीबीको ब्याजदर वृद्धिको सम्भावना ठप्पै भएको थियो । एजेन्सी

यो पनि पढ्नुस स्वीस बैंक पनि धराशायी हुन लागेको हो ? 'क्रेडिट स्वीस'ले माग्यो एकैपटक ४५ अर्ब यूरो कर्जा

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)