ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

३२ वर्षकै उचाईमा उक्लियो अर्जेन्टिनाको महँगी, आईएमएफको वित्तीय सहायता २८ अर्ब डलर नाघ्ने

२०७९ चैत, २  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found

काठमाडौं । ल्याटिन अमेरिकी देश अर्जेन्टिनामा महँगी घट्ने कुनै संकेत नै छैन । विश्वमा सबैभन्दा धेरै महँगी भएको यो देशमा २०२३ शुरु भएयता महँगी झनै चुलिएको छ । यहाँको राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार फेब्रअुरीमा मुद्रास्फीति ६ दशमलव ६ प्रतिशतले बढेको छ ।

योसँगै नयाँ वर्ष शुरु भएयता महँगी १३ दशमलव १ प्रतिशतले बढिसकेको छ । सन् २०२२ मा वार्षिक महँगी त्यहाँ ९४ दशमलव ८ प्रतिशतले बढेको थियो । यो सन् १९९१ यताकै उच्च थियो । त्यतिबेला महँगी दर १९१ % बढी थियो । यस अघिल्ला दुई वर्षमा भने मुद्रास्फीति २ हजार प्रतिशतभन्दा धेरैले बढेको थियो ।

यो वर्ष महँगी ६० प्रतिशत आसपासमा राख्ने सरकारी लक्ष्य छ । गएका कयौं वर्षदेखि अर्जेन्टिना आर्थिक संकटसँग जुधिरहेको छ । गएको १२ वर्षमा हरेक वर्ष त्यहाँ महँगी दोहोरो अंकमा छ । गएको वर्षको अन्त्यतिर राष्ट्रपति अल्बेर्टो फर्नान्डेजको सरकारले खाद्य समेतका कम्पनीहरुसित मार्चसम्म करीब २ हजार वस्तुको मूल्य स्थिर राख्ने सम्झौता गरेका थिए ।

अर्जेन्टिना सोमवार मात्रै आर्थिक संकट कम गर्न बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग करीब ५ अर्ब ३० करोड डलर बराबरको रकम जारी गर्नेबारे वित्तीय उद्धारको चौथो समीक्षामा पुगेको छ ।

यो रकम जारी भयो भने सन २०२२ को मार्चमा सहायता कार्यक्रममा हस्ताक्षर भएयता अर्जेन्टिनाले कोषबाट पाएको रकम २८ अर्ब ८० करोड डलर पुग्नेछ । यो वर्ष अर्जेन्टिनी अर्थतन्त्र २ प्रतिशतले बढ्ने विश्व बैंकको अनुमान छ ।

 यो लक्ष्य पूरा भयो भने अर्जेन्टिनी अर्थतन्त्र वृद्धिमा गएको यो लगातार तेस्रो वर्ष हुनेछ । २०२२ मा त्यहाँको अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढ्दा २०२१ मा आर्थिक वृद्धिदर १० दशमलव ३ प्रतिशत थियो । एजेन्सीको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)