लमजुङ । समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यमिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गरेका छन् । आफ्ना बुबाआमाको स्मृतिमा रू. ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे ‘चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन’ एक समारोहका बीच उनीहरूले हस्तान्तरण गरेका हुन् । विसं २००६ मा भाषा पाठशालाको रूपमा स्थापना भएको सो विद्यालयले २०३४ मा माध्यमिक विद्यालयको स्वीकृति पाएको थियो । हाल कक्षा १२ सम्म सञ्चालन रहेको यस विद्यालयमा करीब चार सय विद्यार्थी अध्ययनरत छन् ।
भवन हस्तान्तरण समारोहमा प्रदेशसभा सदस्य डा. टकराज गुरुङले विद्यालयको शैक्षिकस्तर अभिवृद्धि एवं गाउँमा सडक स्तरोन्नति र केन्द्रीय प्रसारण लाइन विस्तारलगायतका विकास निर्माणमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस