ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

खुदी खोलामा दुई झोलुंगे पुल निर्माण गरिने

२०७९ चैत, ३  
गण्डकी प्रदेश
Tvs Raider NA

कास्की । पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलामा दुई झोलुंगे पुल निर्माण गरिने भएको छ । पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वी किनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुंगे पुल निर्माण गर्न लागिएको हो । लामो समयसम्म खुदी खोलामाथि पुल नहुँदा १० मिनेटको बाटोका लागि एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने अवस्था छ । पुल निर्माणको प्रक्रियाले यस क्षेत्रको समृद्धि र विकासको आशा जगाएको हो । पुल नहुँदा गगनगौंडा क्षेत्रबाट आफ्नै वडा नं ३२ को कार्यालयसम्म पुग्न सर्वसाधारणलाई समस्या भइरहेकोमा अब पुल बनेपछि सहज हुने नवीन टोल विकास संस्थाका संस्थापक अध्यक्ष मुकुन्द घिमिरेले बताए ।

तल्लो गगनगौंडा क्षेत्रका बासिन्दा पुल नहुँदा वडा कार्यालयसम्म पुग्न करीब एक घण्टा हिँड्नुपर्ने बाध्यता थियो । पुल निर्माणपछि १० मिनेटमै पुग्न सकिनेछ । कृषिजन्य उत्पादनका लागि तल्लो गगनगौंडा, राजाचौतारा, मालमुल, देउरालीलगायत स्थान अब्बल मान्निछन् ।

बाह्रसय चौतारातर्फ पुल निर्माणस्थल रहेको क्षेत्र स्यालतहरामा गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयले पनि आफ्ना शैक्षिक कार्यक्रम शुरू गर्न लागेको अवस्थामा गगनगौंडा क्षेत्रबाट अध्ययनका लागि जाने विद्यार्थीका लागि पुल अपरिहार्य भएको घिमिरेको भनाइ छ ।

पुल बनेपछि यस क्षेत्रमा उत्पादित वस्तु विक्रीवितरणका लागि सहज हुनेछ । तल्लो गगनगौंडा हुँदै पोखरा–काठमाडौं जोड्ने पृथ्वी राजमार्ग गएको हुँदा पनि यस क्षेत्रका कृषि उत्पादनको सहज बजारीकरणका लागि पुल आवश्यक भएको समाजसेवी खेमराज अधिकारीको भनाइ छ । पुरानो गाउँको चौतरादेखि युनिभर्स चोक जोड्ने पुलले पृथ्वी राजमार्गसँग रुपा तथा लमजुङवासीलाई सजिलो हुनेछ । तल्लो गगनगौंडाको लामे आहाल क्षेत्रमा निर्माण गर्ने भनिएको प्रदेश क्षेत्रीय बसपार्कका साथै भरतपोखरीको पुडिटारमा निर्माण गर्ने भनिएको प्रदेश औद्योगिक क्षेत्रसँग राजाचौतारा, मालमुल, बडहरे, सातमुहाने, डाँडा गाउँ, ढोडबेँसी, देउरालीलगायत स्थानको सीधा र सहज सम्पर्कका लागि पनि पुल आवश्यक भएको स्थानीयले बताएका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)