काठमाडौं । ई–सेवाले ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले ई–सेवा एकाउन्टमार्फत बैंक खातामा रकम ट्रान्सफर गर्दा हङकङ घुम्ने मौका पाउनेछन् । यो योजनामा बैंक ट्रान्सफर गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिने कम्पनीले जानकारी दिएको छ । ई–सेवामार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्सफर गरी यो योजनामा सहभागी हुन पाइनेछ । चैत ३० गतेसम्म सञ्चालन हुने यस योजनामा सहभागी हुन यो अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्सफर गरेको हुनुपर्ने बताइएको छ ।