ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अशोक लेल्यान्डको ‘दोस्त’मा ५ वर्षको वारेन्टी

२०७९ चैत, ३  
बजार
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवर्द्धित  अशोक लेल्यान्डले ग्राहकलाई लक्षित गरी हलुका सवारीसाधन ‘दोस्त’मा ५ वर्षको वारेन्टी घोषणा गरेको छ । यो सुविधाले ग्राहकको सन्तुष्टि र ब्रान्डप्रतिको विश्वास बढ्ने कम्पनीको दाबी छ । यो वारेन्टीअन्तर्गत इन्जिनका साथै पावर स्टेयरिङ बक्स, पावर स्टेयरिङ पम्प, टर्बोचार्जर, फ्युल इन्जेक्सन पम्प इन्जेक्टर, एयर कम्प्रेसर, इन्टरकुलर/रेडिएटर कोर कुलिङ फ्यान क्लच लगायत प्रमुख उपकरण कभर हुने कम्पनीको भनाइ छ । अफरको बारेमा आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले उत्पादक कम्पनीको ५ वर्षे वारेन्टी एलसीभी सेगमेन्टमै पहिलो र सबैभन्दा राम्रो अफर भएको दाबी गरे । यसले उत्पादनमा विश्वसनीयता बढाउनुका साथै ग्राहकलाई थोरै मूल्यमा आफ्नो सवारीसाधन सञ्चालन गर्न सहयोग पुर्‍याउने उनको अपेक्षा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)