ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एनसेलले ल्यायो ‘मज्जाको प्लान’

२०७९ चैत, ३  
बजार
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकलाई लक्षित गरी डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ ल्याएको छ । आज (शुक्रवार)देखि सञ्चालनमा आउने यो योजना ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस)बाट खरीद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । ग्राहकले प्याक करसहित रू. ५९९ मा खरीद गर्न सक्नेछन् । यो प्याकअन्तर्गत २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सकिनेछ । प्राप्त सुविधा सुचारु भएको २८ दिनसम्म मान्य हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो प्लान सुचारु गर्ने ग्राहकले रू. २०० वा सोभन्दा माथिको रिचार्जमा १० प्रतिशतसम्म बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)