ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

वित्तीय संस्थामाथि भएको आक्रमणप्रति सिबिफिनको बिरोध

२०७९ चैत, ३  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एसिया बैंकका म्याग्दी शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि भएको आक्रमणको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले विरोध गरेको छ । आक्रमणको भर्त्सना गर्दै सिबिफिनले दोषीमाथि कडा कारबाही गर्न र बैंक तथा वित्तीय संस्थामाथि बढेको असुरक्षालाई ख्याल गर्न विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।

‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि नियोजित रूपमा गरिएको आक्रमण प्रति सिबिफिन घोर भर्त्सना गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमणका घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती गरिएको भन्दै घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

‘वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्न आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)