ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सिप्रदीको ‘ह्याप्पीनेस विक–एण्ड एक्सचेन्ज क्याम्प’

२०७९ चैत, ३  
बजार
Jagdamba Supershine NA
author avatar अभियान संवाददाता

काठमाडौं । सिप्रदीले आफ्ना आधिकारिक टाटा मोटर्स शोरूममा ‘ह्याप्पीनेस विक–एण्ड’ विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीले शुक्रवार (आज), शनिवार र आइतवार गरी तीन दिन क्याम्प सञ्चालन गर्ने भएको हो ।

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडीसँग टाटा मोटर्सका २०२३ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको कम्पनीको भनाइ छ । उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले शोरुममा बैंकिङ सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताको पनि सहभागिता रहने बताइएको छ ।

क्याम्पमा बजारको मूल्यभन्दा विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा र साथै हरेक गाडी हस्तान्तरणमा उपयुक्त पार्टपुर्जा निःशुल्क उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)