ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बेलायतसँग १४ अर्ब ४० करोड लिने सम्झौता

२०७९ चैत, ३  
विविध
Tvs Raider NA

काठमाडौं । बेलायतले नेपाललाई स्थानीय तहका पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४० करोड रुपैयाँ (९ करोड पाउण्ड) सहयोग गर्ने एक सम्झौतामा बिहीवार हस्ताक्षर भएको छ ।

काठमाडौंस्थित बेलायती राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र अर्थसचिव तोयम रायाले  सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बुधवार मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गरेको थियो ।

यसले नेपाल सरकारलाई स्थानीय पूर्वाधारमा बृहत् लगानी उपलब्ध गराउन सघाउने बताइएको छ । आगामी ६ वर्षमा यस कार्यक्रममार्फत नेपालले ३ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रकम पाउने बताइएको छ । पूर्वाधार विकासमा नेपाल सरकारलाई सघाउन नयाँ कार्यक्रम तयार पारिएको हो । यो कार्यक्रम नेपाल सरकार र बेलायती दूतावासले संयुक्त रूपमा तयार पारेका हुन् । यसमा बेलायतले १४ अर्ब ४० करोड रुपैयाँ उपलब्ध गराउनेछ भने नेपाल सरकारले पनि ६ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)