काठमाडौं । शिवम् सिमेन्टले बिहीवार ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की ड्रअन्तर्गतका विजेताको नाम सार्वजनिक गरेको छ । उपभोक्तातर्फ ३० जना तथा विक्रेतातर्फ ३० जना गरी कुल ६० जना विजेताको नाम लक्की ड्रमार्फत सार्वजनिक गरिएको हो । उक्त उपहार योजना गत मङ्सिर १८ देखि लागू गरिएकोे थियो । उपहार योजनाका विजेताले उपभोक्तातर्फ कुल ४७ तोला तथा विक्रेतातर्फ कुल ४७ तोला सुन उपहार पाएका छन् । उपभोक्तातर्फ प्रथम पुरस्कारबापत ५–५ तोला, दोस्रो पुरस्कारबापत विजेताले ३–३ तोला सुन पाएका छन् । यस्तै तेस्रो पुरस्कारबापत ६ जनाले २–२ तोला सुन, चौथो भएका आठ जनाले १–१ तोला सुन र अन्य १० जनाले आधा–आधा तोला सुन पाएका छन् ।