ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

साइकोमेट्रिक स्कोरिङ सोलुसनसम्बन्धी सम्झौता

२०७९ चैत, ३  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साइकोमेट्रिक स्कोरिङ सोलुसनको परीक्षणका लागि कृषि विकास बैंक, अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्रबीच सम्झौता भएको छ । वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढंगले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले कर्जा प्रवाह प्रणालीलाई थप प्रविधिमैत्री बनाई सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवर्द्धन गर्ने अपेक्षा उनीहरूले लिइएका छन् ।

व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनका रूपमा डिजिटल वित्तीय सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रविधिको परीक्षण चरणका लागि नेपाल राष्ट्र बैंक र आईएफसीबीच सम्झौतासमेत भइसकेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा आईएफसी प्रतिनिधिबीच भएको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख वित्त अधिकृत प्रेमकुमार श्रेष्ठ, योजना तथा परियोजना विभागका विभागीय प्रमुख लगायत अन्य कर्मचारीको उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)