ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एमभी दुगड ग्रुपले गर्‍यो विद्युतीय स्कूटर ‘जेसिट्स’ सार्वजनिक

२०७९ चैत, ३  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले विद्युतीय स्कूटर ‘जेसिट्स’ सार्वजनिक गरेको छ । कम्पनीले सोमवार एक कार्यक्रमको आयोजना गरी उक्त ब्राण्डको विद्युतीय स्कूटर सार्वजनिक गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा कम्पनीले इन्डोनेसियन ब्रान्डको विद्युतीय स्कूटर जेसिट्स सार्वजनिक गरेको हो । यो स्कूटरमा ५ किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ । यसमा ७२ भोल्ट र २० एएच लिथियम आयन ब्याट्री रहेको छ । पूरा चार्जमा यसलाई एक सय किलोमिटरसम्म गुडाउन सकिने विक्रेताको भनाइ छ ।

वातावारण प्रदूषण नियन्त्रणसँगै सञ्चालन खर्च पनि कम पर्ने हुँदा विद्युतीय सवारीसाधन चलाउन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सुझाए । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले नेपालमा विद्युतीय सवारीसाधनको प्लान्ट सञ्चालन गर्न आफूहरूले दीर्घकालीन योजना बनाएको जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)