ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

काठमाडौं महानगरको राजस्व संकलन ४३ प्रतिशत

२०७९ चैत, ३  
बागमती प्रदेश
Tvs Raider Image Not Found

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको छ । महानगरपालिकाले चालू आवमा रू. १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा रू.४ अर्ब ५६ करोड ६२ लाख उठाएको जानकारी दिइएको छ ।     

महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा बढी राजस्व संकलन मनोरञ्जन करमार्फत उठेको छ । मनोरञ्जन करमा रु ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले १८१ प्रतिशत अर्थात् रू. ९० लाखभन्दा धेरै राजस्व उठाएको छ । रकमका आधारमा महानगरले सबैभन्दा धेरै कर घरबहालबाट उठाएको छ ।     

महानगरले रू. २ अर्ब राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा ८ महिनामा रू. १ अर्ब १८ करोड संकलन गरेको जनाएको छ । महानगरले सम्पत्ति करमा चालू आवमा रू. १ अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा रू. ६५ करोड उठाएको छ ।

यसैगरी नक्सापास दस्तुरबाट रू. ४१ करोड उठेको छ । उक्त शीर्षकमा महानगरले चालू आवमा रू. ७५ करोड राजस्व उठाउने लक्ष्य राखेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)