ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

आरकेडी होल्डिंग्सले बोलायो  वार्षिक साधारण सभा, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

२०७९ चैत, ३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आरकेडी होल्डिंग्स लिमिटेडले यही चैत २५ गते शनिवार वार्षिक साधारण सभा बोलाएको छ ।

गत चैत २ गते बसेको सञ्चालक समिति बैठकले ह्वाइट हाउस सेरेन प्यालेस सिर्जनाचोक, पोखरामा उक्त दिन विहान १० बजेदेखि साधारण सभा शुरु गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, आव २०७८/ ०७९ को लेखापरिक्षको प्रतिवेदन अनुमोदन गर्ने,आव २०७९/ ०८० का लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने छ ।

यसैगरी सभाको विशेष प्रस्तावमा पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने तथा आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति लिने रहेको छ । कास्कीको पोखरा उपमहानगरपालिका - ८ मा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले लगानी तथा पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)