ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्दै सनराइज बैंक, प्रतिकित्ता मूल्य कति ?

२०७९ चैत, ३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सनराज बैंक लिमिटेडको ३ लाख ९ हजार ९९१ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले देवी श्रेष्ठको नाममा रहेको ४६ हजार ४९५ कित्ता र रामकृष्ण मानन्धरको २ लाख ६३ हजार ४९६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । 

रामकृष्ण मानन्धरको नाममा रहेको शेयरको मूल्य प्रतिकित्ता रू. १२५ र दवी श्रेष्ठको नाममा रहेको शेयरको मूल्य रू. १२८ तोकिएको छ । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । 

आवेदन कम्पनीको केन्द्रीय कार्यालय गह्रिधारा, काठमाडौंमा पेश गुर्नुपर्ने छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने पनि कम्पनीले भनेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)