ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

बाराही हाइड्रोपावरले आव्हान गर्‍यो साधारण सभा, ६ जना सञ्चालकको निर्वाचन हुँदै

२०७९ चैत, ३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले चैत २७ गते सातौं वार्षिक साधारण सभा आव्हान गरेको छ ।

चैत २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट बत्तिसपुतली,काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।सभाले गत आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै ६ सञ्चालक निर्वाचन गर्नेछ ।

यसैगरी संस्थापकतर्फबाट चार जना, सर्वसाधारणतर्फबाट एक जना र एक जना स्वतन्त्र सञ्चालकबाट थप एक जना निर्वाचित गर्न निर्वाचनको कार्यक्रम सभाका लागि तय भएको छ । कम्पनीले लाभांश सम्बन्धि प्रस्ताव भने गरेको छैन ।

साधारण सभा प्रयोजनका लागि चैत १३ गते एक दिन बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ । बुक क्लोजको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)