ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मानुषी र श्रृजनशील लघुवित्त एकापसमा गाभिने, चालू आवभित्रै मर्जर प्रक्रिया पूरा गर्ने लक्ष्य

२०७९ चैत, ३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाबीच एकापसमा मर्जर जाने प्रारम्भिक सम्झौता भएको छ। 

बिहीवार आयोजित कार्यक्रममा दुवै लघुवित्त कम्पनी एकापसमा मर्जरमा जानेसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य तथा श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरका कम्पनी हुन्। 

समान चुक्तापूँजी रहेका दुवै कम्पनीले आईपीओ जारी गरिसकेका छन् भने दुवै कम्पनीको शेयर कारोबार नेपाल स्टक एक्सचेन्जमा भइसकेको छ । मर्जर पछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहने गरि प्रस्ताव गरिएको छ । 

कार्यक्रममा मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट ३/ ३ जना प्रतिनिधि रहने गरि संयुक्त मर्जर समिति गठन गरिने जानकारी दिइएको थियो । साथै मर्जर प्रक्रिया चालू आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको जानकारी दिइएको थियो । 

चालू आवको दोस्रो त्रैमास सम्ममा श्रृजनशील लघुवित्तले देशभर ३३ ओटा शाखा मार्फत ४१ हजार ९४८ परिवारमा सेवा प्रदान गर्दै आएको छ भने मानुषी लघुवित्तले १४ ओटा जिल्लामा ३६ ओटा शाखा मार्फत ३४ हजार ३८७ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)