ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

उपराष्ट्रपति पदका लागि मतदान शुरु, उम्मेदवारले नै खसाले पहिलो मत

२०७९ चैत, ३  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान शुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान शुरु भएको हो । 

सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे । सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन् । 

निर्वाचनमा सङ्घीय संसद्का ३३२ र प्रदेशसभातर्फ ५५० मतदाता कायम छ । मतदानका लागि मतदाता बिहान ९ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध भएका थिए । मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)