ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

दुई लघुवित्त कम्पनीको साधारण सभा शनिवार हुदै,

२०७९ चैत, ३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । दूई  लघुवित्त कम्पनीको वार्षिक साधारण सभा शनिवार हुदैछ । सपोर्ट लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले साधारण सभा आयोजना गरेका हुन । 
सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले दुर्गा पार्टी ब्यालेस इटहरी ४ सुनसरीमा बिहान ९ ः३० बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई स्वीकृती प्रदान गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
त्यस्तै सभाले यस लघुवित्त  तथा अन्य कुनै पनि उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन २१ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा फागुन १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् । 
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शिनिवार होटल सेन्ट्रल प्लाजा, कोहलपुर,बाँकेमा विहान १० बजे सभा शुरु गर्ने जानकारी दिएको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना गरी पाँच सञ्चालक निर्वाचन समेत गर्नेछ । 
साथै भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २२ गते बुक क्लोज गरिसकेको  छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)