ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सुनको भाउ कीर्तिमान नजिक, ९ दिनमा तोलामा बढ्यो ६ हजार १ सय रुपैयाँ

२०७९ चैत, ३  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । गत फागुन २६ यता लगातार बढिरहेको सुनको भाउ कीर्तिमान नजिक पुगेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २५ यता ९ दिनमा सुनको भाउ तोलामा ६ हजार १०० रुपैयाँ बढेर १ लाख ७ हजार १०० रुपैयाँ पुगेको छ । यो सुनको अहिलेसम्मको सर्वाधिक मूल्यभन्दा ४०० रुपैयाँ कम हो । गत माघ १९ गते सुनको मूल्य सर्वाधिक कायम हुँदा तोलाको १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

शुक्रवार सुनको भाउ कीर्तिमान नजिक पुग्दा तोलामा ४०० रुपैयाँ बढेको छ । गत बिहीवार सुनको भाउ तोलामा १ लाख ६ हजार ७०० रुपैयाँ कायम थियो । 

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०५ रूपैयाँ कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:३४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९३१ दशमलव २७ डलर पुगेको छ । अघिल्लो दिन बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९२१ दशमलव ४७ डलर पुगेको थियो ।

त्यसैगरी आज डलरको मूल्य पनि बढेको छ । आज १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ६८ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ४६ पैसा थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)