काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ आज शुक्रबार (चैत ३ गते) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ ८ हजार ९५ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर हात पारेका छन् ।
आईपीओका लागि कुल १४ लाख ५९ हजार २७८ जना आवेदकले १ करोड ५७ लाख १६ हजार ७६० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार ५०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले सर्वसाधारणका लागि फागुन १८ गतेदेखि २३ गतेसम्म ८० हजार ९५० कित्ता आईपीओ विक्री खुला गरेको थियो ।
आवेदकले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन ।