ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

लघुवित्त कम्पनीहरूको कृषि क्षेत्रमा कर्जा प्रवाह सर्वाधिक, घरेलु र सेवा व्यवसायमा कम 

२०७९ चैत, ३  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लघुवित्त कम्पनीहरूले कृषि क्षेत्रमा सर्वाधिक कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकको पुस मसान्तसम्मको तथ्यांकले देखाएको छ ।

लघुवित्त वित्तीय संस्थाहरूले पुस मसान्तसम्म प्रवाह गरेको कुल कर्जाको ४७ दशमलव ४२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको हो । असार मसान्तसम्म भने कृषि क्षेत्रमा लघुवित्त कम्पनीहरूले ४६ दशमलव ११ प्रतिशत कर्जा प्रवाह गरेका थिए । 

लघुवित्त कम्पनीहरूले असार मसान्तसम्म कुल रू. ४ खर्ब ४९ अर्ब कर्जा प्रवाह गरेकोमा पुस मसान्तसम्म बढेर रू. ४ खर्ब ५१ अर्ब पुगेको हो । कुल कर्जामध्ये पुस मसान्तसम्म सबैभन्दा बढी लघुवित्त कम्पनीहरूले कृषि क्षेत्रमा रू. २ खर्ब १३ अर्ब कर्जा प्रवाह गरेका छन् । असार मसान्तसम्म लघुवित्त कम्पनीहरूले यस क्षेत्रमा रू. २ खर्ब ७ अर्ब कर्जा प्रवाह गरेका थिए । 

चालू आवको दोस्रो त्रैमाससम्म लघुवित्त कम्पनीहरूले प्रवाह गरेको कुल कर्जामध्ये घरेलु तथा सेवा लघुवित्त क्षेत्रमा २ दशमलव ७१ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २८ दशमलव ९६ प्रतिशत कर्जा प्रवाह भएको हो । 

त्यस्तै दोस्रोमा सेवा व्यवसायमा लघुवित्त कम्पनीहरूले रू. १ खर्ब ३० अर्ब कर्जा प्रवाह गरेका छन् । यो कर्जा प्रवाह कुल कर्जाको २८ दशमलव ९६ प्रतिशत हो । 

त्यस्तै पुस मसान्तसम्म सबैभन्दा कम कर्जा घरेलु तथा लघुवित्त उद्योगमा रू. १२ अर्ब २० करोड प्रवाह गरेका हुन् । असार मसान्तसम्म कम्पनीहरूले यस क्षेत्रमा रू. १५ अर्ब ७ करोड कर्जा प्रवाह गरेका थिए । घरेलु तथा लघु उद्योग क्षेत्रमा कर्जा प्रवाह असार मसान्तको तुलनामा पुस मसान्तमा १९ प्रतिशत घटेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)