ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विकराल बन्दै मधुमेह, १० वर्षमा थपिए १० लाख बिरामी

२०७९ चैत, ३  
स्वास्थ्य र जीवन शैली
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सन् २०११ अघिसम्म नेपालमा मधुमेहका बिरामी ५ लाखभन्दा कम थिए । त्यसको १० वर्षमा अर्थात् सन् २०२१ मा देशका ७२ जिल्लामा मधुमेहका बिरामीको संख्या ११ लाख पुग्यो । ७७ ओटै जिल्लामा यस्ता बिरामी १५ लाख हुनसक्ने अनुमान छ । यस आधारमा १० वर्षमा मधुमेहका बिरामी १० लाख थपिएका छन् । 

यो तथ्यांकले नेपालमा मधुमेह तीव्ररुपमा बढिरहेको देखाउँछ । चिकित्सकका अनुसार मधुमेह लाग्ने मुख्य कारण बोशो हो । बोशोयुक्त खानेकुरा कम खाए मधुमेहको खतरा कम हुन्छ । यस्तै, शरीरमा भएको बोशो घटाउन सकेमा पनि यो रोगबाट बच्न सकिन्छ । 

पछिल्लो समय व्यस्त जीवनशैलीका कारण मानिसहरू शारीरिक काम गर्न पाउँदैनन्/गर्दैनन् । मधुमेह लाग्नुको एउटा कारण शारीरिक अभ्यासको कमी पनि हो । 

गाउँभन्दा शहरमा दोब्बर 

नेपालमा मधुमेहका बिरामीको संख्या गाउँभन्दा शहर धेरै रहेको पाइएको छ । गाउँका ५–७ प्रतिशत मानिसमा मधुमेहका बिरामी रहेकोमा शहरमा यस्ता बिरामीको संख्या १५ प्रतिशतसम्म रहेको पाइएको सम्मेलनमा बताइएको छ । 

दक्षिण एशियामा ९० लाख बिरामी 

मधुमेह नेपालमा मात्रै होइन, दक्षिण एसियालगायत विश्वभरका सबै देशमा भयावह देखिएको छ । दक्षिण एशियामा मात्रै यसका बिरामीको संख्या ९० लाख छ । 

‘विश्वभर विकराल बन्दै’  

शुक्रवारबाट काठमाडौंमा शुरु भएको दुई दिने साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलनमा बंगलादेशका डाक्टर टोफिल अहमदले विश्वभर यो समस्या विकराल बन्दै गएको बताए ।पाकिस्तानी डाक्टर अलि जावाले पाकिस्तानमा पनि डायबिटिजको समस्या खतरनाक तरिकाले बढिरहेको बताए । 

एक बेलायती डाक्टरले भने, ‘डायबिटिज (मधुमेह) विश्वभरि विकराल भइसकेको छ । यो भनेको ‘सुगर क्यान्सर’ हो ।’ 

यस्तो छ चिकित्सकको सुझाव

मधुमेहको समस्या विकराल भए पनि यसलाई नियन्त्रण गर्न सकिने चिकित्सक बताउँछन् । व्यस्त जीवनशैलीबाट समय निकालेर शारीरिक अभ्यास गरे यो रोग केही हदसम्म नियन्त्रण हुने चिकित्सकको भनाइ छ । 

सम्मेलनमा सहभागी बेलायतमा काम गर्ने नेपाली डाक्टर सचिनराज भण्डारीले सबै मिलेर मधुमेह नियन्त्रण गर्नुपर्ने सुझाए । 

‘आर्थिक र राजनीतिक समस्याभन्दा ठूलो स्वास्थ्य समस्या छ । त्यसमा पनि डायबिटिज ठूलो समस्याको रूपमा आइरहेको छ । यसमा सबै जना मिलेर यो लडाइँ लड्नु पर्ने छ,’ उनले भने । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)