ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

२ हजार वर्ष पुरानो सिकाइ विधि 'अवाकस'मा राष्ट्रिय स्तरको प्रतियोगिता 

२०७९ चैत, ३  
विविध
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । २ हजार वर्ष पुरानो सिकाइ विधि अवाकसमा राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न भएको छ । बिहीवार काठमाडौं, त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा देशभरका विद्यालयबाट छानिएर आएका विद्यार्थीबीच प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगीलाई तीन समूहमा विभाजन गरी प्रतियोगिता गराइएको थियो । प्रतियोगिताअन्तर्गत ए वान ए टु समूहबाट नवनित टुड्लर्स जोनका सबल पोखरेल पहिलो भए । सो समूहबाट नवीन ज्योति इङलिस स्कुलका साना गिरी दोस्रो हुँदा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका दर्स सिलवाल तेस्रो भए । 

यस्तै, बी वान बी टु समूहबाट रिड मोडल स्कुलकी महिमा गुरुङ पहिलो भइन् । सो समूहमा रिड मोडलकै करिशा योगी दोस्रो हुँदा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलकी कशिव कार्की तेस्रो भए । 

यसैगरी, जेड वान जेड टु समूहबाट किण्डर जोए मन्टेश्वरी स्कुलका स्वेरज जंग थापा पहिलो भए । सो समूहमा किण्डर जोएकै सुजल दास दोस्रो हुँदा काठमाडौं युरो स्कुलका सुमिन गिरी तेस्रो भइन् । 
विजयी विद्यार्थीहरूलाई ट्रफी र प्रमाणपत्र दिइएको थियो । 

विद्यालयबाट भएको प्रतियोगिताबाट छानिएका उत्कृष्ट विद्यार्थीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराइएको आयोजकले जनाएको छ । 

बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउन कतिपय विद्यालयमा यो विधिबाट पठनपाठन हुँदै आएको छ । यो विधिबाट गणितीय हिसाबका लागि क्यालकुलेटर आवश्यकता नपर्ने भएकाले प्रभावकारी भएको बालविकास तथा एनसीमास संस्थाका निर्देशक तेजु नेपालले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)