ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

८ महीनामा लाभांशबापत साढे १३ अर्ब विदेशियो, फागुनमा मात्रै तीन अर्ब बाहिरियो

२०७९ चैत, ३  
समाचार
Tvs Raider Image Not Found
फाइल फोटो

काठमाडौं । चालू आर्थिक वर्षको आठ महीनामा लाभांशबापत करिब साढे १३ अर्ब रुपैयाँ रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालू आवको फागुन मसान्तसम्म रू. १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ रुपैयाँ लाभांशबापत रकम फिर्ताको सिफारिस गरेको हो । 

विभागले आठ महीनामा रोयल्टीबापत २ अर्ब ८ करोड ९३ लाख ९७ हजार १०७ रुपैयाँ, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८२५ भारतीय रुपैयाँ तथा ७ हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

फागुनमा मात्रै  तीन अर्ब रुपैयाँ सिफारिस

विभागले फागुनमा मात्रै लाभांशबापत करिब तीन अर्ब विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले २ अर्ब ८ करोड १० लाख ८३ हजार रुपैयाँ विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीबापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५३७ रुपैयाँ, २ लाख ५० हजार २४ अमेरिकी डलर, २० लाख १० हजार ५५ भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ । 

१५० जना प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस गरेको छ ।  

शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आवको तुलनामा चालू आवमा विदेशिने रकम बढ्ने विभागको अनुमान छ । 'गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ,' उनले भने । 

चालू आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत १ हजार ६९ जना लगानीकर्ता, १५० जना प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस गरेको छ । 

फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागका अनुसार फागुनसम्म २३९ उद्योगका लागि रू. ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार १९६ लगानीको प्रतिबद्धता प्राप्त भएको छ । रासस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)