ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

११ विदेशी लगानीकर्ता कम्पनीसँग प्रधानमन्त्रीको छलफल, ‘समस्या समाधान हुन्छ’

२०७९ चैत, ४  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानी कम्पनीका परियोजनामा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । लगानी बोर्डको कार्यालयमार्फत अघि बढिरहेका विभिन्न ११ ओटा ठूला परियोजनाका लगानीकर्तासँग शुक्रवार छलफलको क्रममा उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उक्त अवसरमा लगानीमैत्री वातावरण बनाउनुपर्ने, वन ऐन तथा लगानी ऐनलगायत कानूनी सुधार गर्नुपर्ने, अन्तर निकाय समन्वय, जग्गा प्राप्ति सहजीकरण, स्थानीयका समस्या समाधानलगायतका विषयबारे ती कम्पनीका प्रतिनिधिले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

उक्त अवसरमा प्रधानमन्त्री दाहालले त्यस्ता समस्या समाधान गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने बताउनुभएको थियो । कानून संशोधन गर्ने र लगानीको वातावरण सहज बनाउनेबारे सरकार सकारात्मक रहेको पनि प्रधानमन्त्री दाहालले बताउनुभयो ।

छलफलमा अरुण–३ तथा तल्लो अरुण जलविद्युत् परियोजना, होङ्सी तथा हुवासिन नारायणी परियोजना, नेपाल–चीनमैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केबलकार परियोजनाका विकासकर्ता कम्पनीहरुले परियोजनाको प्रगति, कार्यान्वयन तथा चुनौतीका बारेमा जानकारी गराएका थिए ।

माथिल्लो कर्णाली जलविद्युत् परियोजना, पश्चिम सेती र एसआर–६ परियोजना, माथिल्लो त्रिशूली–१, अपर मस्याङ्दी–२, डावर नेपाल र राइजन नेपाल सोलार इनर्जी प्रोजेक्ट लिमिटेडका प्रतिनिधिहरुले पनि आफ्नो परियोजनाको अवस्थाबारे आ - आफ्ना  धारणा राखेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)